यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

अध्यक्षको मन्तब्य

Saturday, September 1, 2007


धवलागिरी अन्चलमा पर्ने चार जिल्लाहरु मध्य मुस्ताङ जिल्ला एक हो । हिमाल पारिको जिल्ला भनेर चिनिने यस जिल्लामा यातायातको सुबिधा भन्नु नै एकमात्र हवाई सेवा हो । यस जिल्लामा बिभिन्न जात जातिहरुको वसोवास रहेता पनि बिषेश गरि थकालीहरुको बाहुल्यता रहेको छ । यस जिल्लाको थाकखोला क्षेत्रलाई थकाली जातिको पुर्ख्यौली थलोको रुमा चिनिने गर्दछ । यसै थाकखोला क्षेत्रबाट बसाई सराईको क्रममा नेपाल अधिराज्यको बिभिन्न जिल्लामा वसोवास गर्दै आएको पाइन्छ । नेपाल अधिराज्यको कुल जनसंख्याको जिरो पोइन्ट छ प्रतिशत जनसंख्या रहेको थकाली जातिहरु मध्य पचास प्रतिशत राजधानी काठमाण्डौमा स्थाई बसोवास गर्दै आएका छन ।
हाम्रो देश नेपालबाट रोजगारको खोजिमा बिदेशिनु पर्ने बाध्यता संगै थकाली जातिहरु पनि बिभिन्न मुलुकहरुमा पुगि कार्यरत रहेको पाइन्छ । बैदेशिक रोजगारकै क्रममा कोरियाली भूमिमा पनि नब्बेको दशक देखिनै थकाली जातिहरुको आगमन शुरु भएता पनि संख्यात्मकबृद्दि भने हुन सकि रहेको थिएन । तर हाम्रो देशको असहज परिस्थितिले गर्दा यस भूमिमा रोजगारमा आउने थकाली जातिहरुको संख्यात्मक बृद्दि संगै बिबिध समस्याहरु पनि तड्कारो देखिन थाल्यो । मुख्य रुपमा थकाली जातिको परंम्परागत एकताको सोंचले स्थान पाउंदै गयो । जसको फलस्वरुप कोरियाली भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु थकाली सेवा समिति नामक संस्थामा गोलबद्द भएका छन ।
आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु ,
कोरियाली भूमिमा रहेका पचासौं सामाजिक संघ संस्थाहरु मध्य थकाली सेवा समिति एक हो । यस पबित्र संस्था यस भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको साझा चौतारी हो । यस संस्थालाई मलजल गरेर अझ अगाडी बढाउनु कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको कर्तब्य हुन आउंछ । यस भूमिमा कार्यरत रहेका प्रवासी नेपालीहरु लगायत सम्पूर्ण संघ संस्थाहरु संगको भाईचाराको सम्बन्धलाई अझ बढाउंदै लैजाने थसेस दक्षिण कोरियाको निति रहि आएको छ । जस्ले यसभूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको हरेक समस्याहरुको समाधानमा कोशेढुंगा शावित हुने कुरामा दुईमत छैन । हामी जहाँ रहेता पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्णा गर्नु पर्दछ भन्ने भावनालाई हृदयंगम गर्दै विभिन्न कार्यक्रमहरुको आयोजनाहरु गर्दै जाने निति थसेस कोरियाको रहेको छ । जस्को लागि हरेक थकाली बन्धुहरुको सल्लाह र सुझाबको आवश्यकता अपरिहार्य हुन्छ ।
अन्तमा , यस भूमिमा आई कार्यरत थकाली बन्धूहरु मध्य कोहि थकाली सेवा समिति दक्षिण कोरिया संग आबद्द हुनु हुन्न भने संस्थाको संस्थागत मुल्य र मान्यतालाई शिरोपर गर्दै यस पवित्र संस्थामा सामेल हुन अनुरोध गर्दछु । साथै यस भूमिमा कार्यरत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा थकाली सेवा समिति परिवार तथा मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
भक्त सेरचन
अध्यक्ष थकाली सेवा समिति
दक्षिण कोरिया

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP